असार १४, २०८२, शनिबार

एसइईमा मदरल्याण्ड माविका ११ विद्यार्थीलाई ४ जिपिए


Advertisement Image
clock icon 5 hours, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।

४ जिपिए ल्याउनेमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मी छन् ।

अघिल्लो वर्ष भन्दा यस बर्ष अझ बढि विद्यार्थीले ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बराल बताए ।

उनले अघिल्लो वर्ष १० जनाले ४ जिपिए ल्याएकोमा यस वर्ष ११ जनाको आएको बताए । एसइईमा ४ जिपिए ल्याउने ११ जना मध्ये ८ जनाले ८ कक्षाको विएलइ परीक्षामा पनि ४ जिपिए ल्याएका थिए ।

मदरल्याण्ड माविबाट सहभागी १६६ जना विद्यार्थीहरु मध्ये ११ जना ४ जि.पि.ए र १८ जनाले ३.९६ जि.पि.ए सहित ३.६ भन्दा माथी जिपिए १३७ जनाले, ३.२० देखी ३.६० २८ जनाले र बाँकी १ जनाले ३.०५ जि.पि.ए प्राप्त गरी सतप्रतिशत सफल नतिजा निकालेको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

गत वर्ष एसइईमा १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका थिए । त्यसै गरी २०७९ एसइईमा २ जना विद्यार्थी, र २०७५ सालको एसइईमा ७ जनासम्म विद्यार्थीको ४ जिपिए आएको थियो ।

मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँ विद्यार्थीले नेपाल टप गर्ने गरेका छन् ।

Copyright © 2024 | All rights reserved.