असार १४, २०८२, शनिबार

विद्यार्थी भर्ना प्रक्रिया सहज, मर्यादित र प्रभावकारी बनाउन निर्देशन


Advertisement Image
clock icon 5 hours, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । पोखरा महानगरपालिकाले एसइईको नतिजा प्रकाशन लगत्तै कक्षा ११ को भर्नाका लागि मातहतका विद्यालयलाई केही निर्देशन जारी गरेको छ ।

नगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा शुक्रवार बसेको महानगर शिक्षा समितिको बैठकले महानगर भित्रका विद्यालयमा विद्यार्थी भर्ना प्रक्रियालाई सहज, मर्यादित र प्रभावकारी बनाउन आवश्यक निर्देशन जारी गरेको हो ।

सरोकारवालासमेतको सहभागितामा बसेको बैठकले एसइई नतिजा प्रकाशित भएको दिनदेखि १० दिनभित्र आफ्ना विद्यालयमा अध्ययन गरिरहेका इच्छुक एसइई उत्तीर्ण विद्यार्थीको भर्ना लिन, ११औँ दिन अर्थात् आषाढ २३ गतेदेखि सिट खाली रहेको अवस्थामा खुला रूपमा सिट सङ्ख्या तोकेर प्रवेश परीक्षा लिने तर यसो गर्दा छात्रवृत्तिका लागि छुट्टाइएको कोटा सुनिश्चित गर्नु पर्ने निर्णयमा उल्लेख छ ।

यस्तै महानगरले छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरी सकेको र यथाशक्य नतिजा सार्वजनिक गरी समयावधिभित्रै सम्बन्धित विद्यालयमा विद्यार्थी सिफारिस गर्ने तथा विद्यार्थी भर्ना प्रक्रिया तथा सम्पूर्ण शैक्षिक वातावरण स्वस्थ, मर्यादित र पारदर्शी हुने गरी व्यवस्थापन तथा कार्यान्वयन गर्ने/गराउने निर्णय गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए ।

उनका अनुसार यसले नगर भित्रको समग्र शिक्षालाई व्यवस्थित बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ ।

Copyright © 2024 | All rights reserved.