असार २५, २०८२, बुधबार

प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल उपाधि एपीएफलाई


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टिम आर्मीलाई ३१-१७ ले हराउँदै एपीएफले उपाधि रक्षा गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधि विजेता एपीएफले एक लाख, उपविजेता आर्मीले ५० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । 

शनिबार सेमिफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमिफाइनलमा एपीएफले कोशी प्रदेशलाई २३-२ गोलअन्तरले र आर्मीले गण्डकीलाई २१-१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो ।

फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११-५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्न सफल रह्यो । 

सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो । असार १२ देखि १४ गतेसम्म चलेको प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको थियो ।

Copyright © 2024 | All rights reserved.