साउन ०१, २०८३, शुक्रबार

तोलामा २५ सय रुपैयाँ बढ्यो सुनको भाउ


Advertisement Image
clock icon 4 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।

सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख २८ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको भाउ तोलामा पाँच हजार छ सय रूपैयाँ बढेर प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार प्रतितोला छ हजार २० रूपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copyright © 2024 | All rights reserved.