0
प्रतिक्रिया
काठमाडौँ । पुर्व राष्ट्रपति विद्या देवी भण्डारीले एमालेको राजनीतिमा पुन: सक्रिय हुने घोषणा गरेकी छन् ।
शनिबार राष्ट्रिय सभामा मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले आफु पुन एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्दै सदस्य नवीकरण गरेको बताएकी हुन् ।
भण्डारीले राष्ट्रपतिको भूमिकाबाट बाहिर आएपछि व्यापक छलफल गरेर पुन: राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको बताएकी छन् ।
उनले भनिन्-'फरक ढंगबाटको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्धेश्यका साथ मैले पार्टीको सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमालेको एक सदस्यको रुपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।'
काठमाडौँका जनताले चुनाव जिताएर आफुलाई जनताको छोरीको रुपमा स्थापित गरिदिएको भन्दै भण्डारीले आफु विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा लागेको बताएकी थिइन् । -एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.