असार १६, २०८२, सोमबार

शिशुवा अस्पताल व्यवस्थापन सामिति अध्यक्षमा गिरी


Advertisement Image
clock icon 16 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित शिशुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरी मनोनित भएका छन् । पोखरा महानगर प्रमुख धनराज आचार्यले गिरीलाई अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गरेका हुन् ।

समितिको सदस्यमा सूर्यनाथ भण्डारी, जानुका अधिकारी पराजुली, ध्रुवराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मीप्रसाद त्रिपाठी छन् । 

अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्यसचिव रहने कार्यविधिमा व्यवस्था छ । 

कार्यविधि अनुसार वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा. सुमन खनिया सदस्य सचिव छन ।

समिति अध्यक्ष तथा सदस्यलाई मनोनयन गरिएको पत्र वितरण गर्दै महानगर प्रमुख आचार्यले शिशुवा अस्पताललाई स्तरोन्नति गरि महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मेयर आचार्यले महानगरको एकमात्र अस्पताल भएकाले विशेषज्ञ सेवासहित जनशक्ति थप गरिने बताए । 

अस्पताल व्यवस्थापन समिति अध्यक्ष बाबुराम गिरीले महानगरसँग समन्वय गरेर सबैको पहुच पुग्ने गरी अस्पताललाई सुधार गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा न.ं २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीलगायतले नयाँ अस्पताल व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरेका थिए । 

Copyright © 2024 | All rights reserved.