असार १६, २०८२, सोमबार

काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश


Advertisement Image
clock icon 14 hours, 9 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

आइतबार विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै तत्कालिन मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बराबरको विगो माग गरिएको छ । 

Copyright © 2024 | All rights reserved.