0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ ले स्थानीय कृषकलाई लक्षित गर्दै मौरी पालन प्रवरद्धन र वातावरण संरक्षणमा केन्द्रित दुई महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ ।
वडा कार्यालयले आफ्नो नियमित कार्यक्रमअन्तर्गत कृषकलाई ५८ वटा मौरीका घार वितरण गरेको हो।
साथै, मौरीपालनसम्बन्धी तीनदिने विशेष तालिम पनि आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।
वडाले ‘हरियाली वडा कार्यक्रम’ अन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकता दिँदै वडा भित्रका मुख्य बाटो छेउछाउमा १००० भन्दा बढी बिरुवाहरूको रोपाइँ गरिसकेको छ।
अध्यक्ष अधिकारीका अनुसार आगामी दुई वर्षभित्र वडा पूर्ण रूपमा हरियालीले ढाकिएको बनाउने लक्ष्य राखिएको छ।
“वडा नम्बर ३३ लाई मौरीको पकेट क्षेत्र बनाउने दीर्घकालीन योजनाअनुसार यस वर्ष मौरीका घार वितरण गरिएको हो। आगामी वर्षदेखि ‘एक घर, एक मौरी घार’ अभियानमार्फत मौरीपालनमा अझ ठूलो सहभागिता ल्याइनेछ,“ वडाध्यक्ष अधिकारीले बताए।
यी पहलह स्थानीय रोजगार, कृषि उत्पादन, र वातावरण संरक्षणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ। वडाबासीले पनि कार्यक्रमको स्वागत गरेका छन्।
Copyright © 2024 | All rights reserved.