असार ३२, २०८३, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


Advertisement Image
clock icon 1 year ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि शुरू भएको बैठक जारी रहेको छ ।

बैठक आजपनि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बिहान ११ बजेदेखि शुरु हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

यस अघि बिहिबार बसेको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदिपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयवावु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आआफ्नो धारणा राखेका थिए । 

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।-एभरेष्ट न्यूज एजेन्सी

Copyright © 2024 | All rights reserved.