असार २१, २०८२, शनिबार

लेखनाथ उद्योग वाणिज्य संघको २९औं स्थापना दिवस सम्पन्न


Advertisement Image
clock icon 7 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २९औं स्थापना दिवस तथा २८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षण “राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान” विषयक गोष्ठी रह्यो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्व गभर्नर तथा अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै, “निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव छ,” भने।

उनले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गर्दै सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिए।

संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य राख्दै विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधान रोजगार सिर्जना नै भएको बताउँदै लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राखे। साथै, उनले पर्यटनको प्रचुर सम्भावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले व्यवसायिक दृष्टिकोण विकासमा नेतृत्व वर्गले साना व्यवसायीको हितमा काम गर्नुपर्ने सुझाव प्रस्तुत गर्दै धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकासमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भटचनले आर्थिक मन्दीका बाबजुद पनि संघका सदस्यहरू उत्पादनमा लागिरहेकामा प्रशंसा व्यक्त गरे।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा संघको भूमिका स्मरण गराउँदै २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गरे।

पुरस्कार राशी रू.१ लाख १ हजार रहेको छ। चयन समिति सदस्य रविन्द्र माकाजुले पुरस्कारसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन्

Copyright © 2024 | All rights reserved.