असार २५, २०८२, बुधबार

गण्डकी प्रदेश टी-२० महिला क्रिकेटको उपाधि स्याङ्जालाई


Advertisement Image
clock icon 4 days, 3 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक स्याङ्जाले जितेको छ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई सात विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । स्याङ्जाले नगद एक लाख रुपैयाँ र उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १०दशमलव३ ओभरमा तीन विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पूरा गर्यो ।

स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा एक चौका प्रहार गरिन् ।

ओपनर श्रेया शाह पाँच, सलिना सेन छ, ज्योत्सनिका मरासिनी छ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो ।

कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा दुइ चौका र एक छक्का प्रहार गरिन् । रचनाले २५ बलमा दुइ चौका प्रहार गरिन् ।

ओपनर सिर्जना पौडेल पाँच, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ शून्य मा आउट भए । विनिता सिग्देल दुइ, चन्द्रमाया बराल दुइ रनमा आउट हुँदा यशोदा भुजेल, सुशीला डिम्टुक पनि शून्य मै पेभिलियन फर्किए। सोनिमा पुन मगर शून्यमा नटआउट रहिन् ।

स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् ।

स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलरसमेत घोषित भइन् ।

कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदीयमान खेलाडी घोषित भइन् । प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता थियो ।

Copyright © 2024 | All rights reserved.