असार २५, २०८२, बुधबार

नेपालले जित्यो इस्ट जोन कप क्रिकेटको उपाधि


Advertisement Image
clock icon 4 days, 2 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनलमा सिंगापुरमाथि २ विकेटको सनसनीपूर्ण जित हासिल गर्दै नेपालले उपाधि जितेको हो । 

बांगीमा भएको खेलमा एक रनको अन्तरमा छैटौँ, सातौँ र आठौँ विकेट गुमाएर हारको नजिक पुगेको नेपालका लागि जोय थापा र अभय यादवको उत्कृष्ट एवं संयमित साझेदारीले नेपाल विजयी भयो । 

११४ रनको सामान्य चुनौँती पछ्याएको नेपालले ५८ रन जोड्दा ५ तथा ९२ रन जोड्दा ८ विकेट गुमाइसकेको थियो । जोय र अभयले टिमलाई जिताए ।

नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो । जोयले ५३ बलमा अविजित रहँदै २४ तथा अभयले १२ बलमा अविजित १० रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ११३ रनमात्र बनाउन सक्यो । सिंगापरले ४०.५ ओभर खेलेर अलआउट भयो । 

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान ३, शुभम खनालले २ तथा विपिनप्रसाद शर्माले १ विकेट लिए । 

नेपालले समूह चरणमै सिंगापुरमाथि ६ विकेटको जित हासिल गरेको थियो ।  यो प्रतियोगितामा नेपाल अपराजित रहेर उपाधि जित्यो । 

सेमिफाइनलमा नेपालले मलेसियालाई र सिंगापुरले हङकङलाई हराएको थियो । नेपालले यो प्रतियोगिताभर उच्च स्कोर खडा गरेको छ । 

नेपालले मलेसियालाई सेमिफाइनलमा नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । ९१ रनको झिनो चुनौती नेपालले ११.४ भोभरमै १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि परिमार्जन यादवले ३५ बलमा अविजित रहँदै ५९ तथा श्रीवांश बजगाईंले २२ बलमा अविजित रहँदै २३ रन बनाए। 

यसअघि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३.१ ओभरमा अलआउट हुँदै ९० रनमात्र बनायो । 

मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले १५ रन खर्चेर ४ तथा शुबम खनालले १२ रन खर्चेर ३ विकेट लिए ।

Copyright © 2024 | All rights reserved.