असार २२, २०८२, आइतबार

वनभोज खान गएका शर्मालाई खोलाले बगाउँदा मृत्यु


Advertisement Image
clock icon 23 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मकवानपुरमा खोलाले बगाउँदा शनिबार एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्मा छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका वडा नं १ स्थित टौवास खोलाले बगाउँदा शर्माको मृत्यु भएको हो । 

साथीहरुसँग वीरगञ्जबाट वनभोज खान गएको र दिउँसो नुहाउने क्रममा शर्मालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अर्यालले बताए ।

Copyright © 2024 | All rights reserved.