असार ३२, २०८३, बिहीबार

गृह श्रमिक संघको स्वास्थ्य शिविरमा एक सय ५० महिला लाभान्वित


Advertisement Image
clock icon 1 year ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल गृह श्रमिक संघ कास्की आयोजना गरेको महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना तथा चेकजाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरबाट करिब एक सय ५० महिला लाभान्वित भएको संघका अध्यक्ष चेतमाया पंगेनीले जानकारी दिइन् । शिविर फेवा सिटी हस्पिटलको प्राविधिक सहयोगमा भएको थियो । 

शिविर उद्घाटन नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले उद्घाटन गरेका थिए ।

शिविरमा स्याङ्जा, पर्वत म्याग्दी, कास्कीका महिला लाभान्वित भएको कास्कीका लैंगिक हिंसाबिरुद्दको अभियानका सदस्य जीवन्धर शर्मा चापागाईंले जानकारी दिए ।

संघका अध्यक्ष चेतमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष लालीमाया शर्मा रेग्मीले स्वागत, संघका सहसचिव विद्या पराजुलीले सञ्चालन गरेकी थिइन् । 

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस कास्की सभापति कमलप्रसाद सापकोटा, फेवासिटी हस्पिटल प्रालिका मेट्रोन शारदा पौडेल पराजुली, वरिष्ठ स्त्रीरोग विशेषज्ञ पद्मराज ढुङ्गानालगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.