असार २३, २०८२, सोमबार

पोखरामा वर्कसप सञ्चालक र मेकानिक्स मजदुरबीच छलफल


Advertisement Image
clock icon 5 hours, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी अटो मेकानिक्स वर्कस एशोसिएसनले वर्कसप सञ्चालक र मेकानिक्स मजदुरका लागि वर्कसप छलफल शुरु गरेको छ ।

पोखरामा सञ्चालित भएका ठूलासाना चार पाङ्ग्रे साधनको मर्मतमा कार्यरत मजदुरलाई कामको जिम्मेवारी महसुससँगै, सवारी साधनको वास्तविक पहिचान, मर्मतका लागि जिम्मेवार बनाउन कार्यक्रम गरिएको पूर्वअध्यक्ष एवं नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए । 

प्रमुखवक्ता एवं एशोशिएसनका प्रेस सल्लाहकार कृष्णबहादुर थापाले वर्कसप सञ्चालन, जिम्मेवारीसहितको सेवा मेकानिक्सले गर्नुपर्ने बताए । उनले मजदुर सधैँ सफा ऐनाको रुपमा हुनुपर्ने भन्दै सबै मजदुरको सुरक्षामा एशोसिएसनले ध्यान दिनपर्नेमा जोड दिए ।

मेकानिक्सको क्षमता र दक्षता अभिवृद्धिसहित विविध रचनात्मक सामाजिक कार्य गर्दै आएको एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । 

कार्यक्रममा भूषन शाहले एशोसिएसनबाट भएको कार्यक्रमले सञ्चालक र मजदुरलाई उर्जासहित जिम्मेवारी बनाएको बताए । 

एशोसिएसनका सचिव सन्तोष कुर्मी, कोषाध्यक्ष निहाल अन्सारी, उपसमिति संयोजक वसन्त थापाले अनुभव राखेका थिए । एशोसिएसनमा हाल तीन सय बढी सदस्य छन् ।

Copyright © 2024 | All rights reserved.