असार २३, २०८२, सोमबार

किराँत समुदायको भाषा र संस्कृतिका विविध पक्षमाथि विमर्श


Advertisement Image
clock icon 5 hours, 52 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा किराँत समुदायको भाषा र संस्कृतिका विविध पक्षमाथि विमर्श भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा किराँत अध्ययन तथा अनुसन्धान केन्द्र कास्कीले विमर्श आयोजना गरेको हो । 

कार्यक्रममा विज्ञ, प्राज्ञ तथा किराँत समुदायका प्रतिनिधि सहभागी थिए ।

अनुसन्धानकर्ता प्रदीप कुलुङले कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेशमा किराँत समुदायको बसोबास २०२० सालदेखि सुरु भएको तथ्य प्रस्तुत गरे । 

गोर्खा भर्तीको सिलसिलामा मगर र गुरुङ समुदायसँगको निकटताका कारण पोखरा क्षेत्रमा किराँत समुदायको बसाइँसराइँ बढ्दै गएको उनले उल्लेख गरे । उनले सांस्कृतिक घुलमिल र सहअस्तित्वको अभ्यासमा किराँत समुदाय अग्रसर रहेको बताए ।

कुलुङको कार्यपत्रमाथि टिप्पणी गर्दै दीपेन्द्र राई, दिनेश सुब्बा र अर्जुन मान्थेर्बुले किराँत समुदायको इतिहास र वर्तमान अवस्था गण्डकी प्रदेशको सन्दर्भमा समेट्न गरिएका प्रयास सन्दर्भनुकूल र आवश्यक भएको बताएका थिए ।

नेपाल प्रज्ञा-प्रतिष्ठानअन्तर्गत साहित्य तथा मातृभाषा विभागका प्रमुख प्राज्ञ राजन मुकारुङले यो विमर्श कार्यक्रमले गण्डकी प्रदेशमा किराँत समुदायको भाषिक तथा सांस्कृतिक चेतनालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरे ।

“भाषा र संस्कृतिको संरक्षण प्रविधिसँगको समायोजनमार्फत मात्र सम्भव हुन्छ,” उनले भने, “नयाँ पुस्ताले प्रविधिमैत्री भएर आफ्नो भाषा र संस्कृतिप्रति चासो बढाउन जरुरी छ।”

प्राज्ञ मुकारुङले किराँत समुदाय जहाँ भए पनि अन्य समुदायसँग सांस्कृतिक आदान-प्रदान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संस्कृतिलाई जडता नभई सौन्दर्यको दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए ।

केन्द्रका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनुज कुलुङले गरेका थिए । 

Copyright © 2024 | All rights reserved.