असार २३, २०८२, सोमबार

होटल र रेष्टुरेन्टका म्यानेजर तथा सेफलाई सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम


Advertisement Image
clock icon 5 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराका रेष्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवाका लागि आयोजित तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिममा विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफ सहभागी थिए ।

तालिममा सहभागीलाई खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदिप काफ्लेले सहजीकरण गरेका थिए ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिए । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उनले अपेक्षा गरे ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका रेष्टुरेन्ट तथा होटलका भान्साघरमा उल्लेख्य सुधार आएको बताए ।

पाहुनालाई स्वस्थकर खानाले स्वागत गर्नका लागि रेवानले बेलाबखत रेष्टुरेन्टमा कार्यरत कर्मचारीलाई खाद्य सचेतनासम्बन्धी तालिम प्रदान गर्ने गरेकोे बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको बताए ।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।

Copyright © 2024 | All rights reserved.