0
प्रतिक्रिया
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार साँझ र राति वर्षा भएको गण्डकी प्रदेशको राजधानी पोखरामा आज पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
पोखराको अहिले बिहान ८ बजेको तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । आज पोखराको तापक्रम बढेर ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
यता, आज दिउँसो सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज गण्डकी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
साथै आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्थै गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
देशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तस्बिरः आशिष पुरी
Copyright © 2024 | All rights reserved.