असार २५, २०८२, बुधबार

नीलसागर सेवा आश्रममा पोखरा लायन्सद्वारा खाद्यान्न तथा सरसफाई सामग्री सहयोग


Advertisement Image
clock icon 1 day, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सेवा सप्ताहको अवसरमा लायन्स क्लब अफ पोखराले पोखरा महानगरपालिका वडा नं ७ स्थित नीलसागर सेवा आश्रममा खाद्यान्न तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ।

आश्रममा बसोबास गरिरहेकाहरुलाई लक्षित गरी अत्यावश्यक खाद्यान्न र सरसफाई सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक होमनाथ बास्तोलाले जानकारी दिए । 

बिक्रान्त ताम्राकारको सहयोगमा सामग्री आश्रमलाई उपलब्ध गराइएको उनले बताए ।

क्लब अध्यक्ष देबेन्द्र नकर्मीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्ता कार्यले आश्रममा आश्रित रहेकाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा मल्टिपल कोर्डिनेटर योगेन्द्र प्रधान, जोन चेयरपर्सन डा. बुद्धिबहादुर थापा, डिस्ट्रिक्ट एडभाइजर भेकेन्द्र र श्रेष्ठ, डिस्ट्रिक्ट अफिसर कृष्ण जिसी, नीलसागर आश्रमकी प्रतिनिधि तुलसा बिसी, क्लबका कार्यालय सचिव श्यामप्रसाद साखीलगायत सहभागी थिए । कार्यक्रम सञ्चालन क्लब सचिव रमेश थापाले गरेका थिए ।
 

Copyright © 2024 | All rights reserved.