0
प्रतिक्रिया
पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिलको राजकीय भ्रमणमा रहेका छन् ।
उनी मंगलबार राजधानी ब्रजिलियाको अल्भोराडा दरबार (राष्ट्रपति निवास) पुगेका थिए ।
राष्ट्रपति लुला दा सिल्भाले उनलाई स्वागत गरे ।
प्रधानमन्त्री मोदी दरबारमा आइपुग्दा भारतीय शास्त्रीय संगीत प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एकअर्कालाई अँगालो हाले ।
औपचारिक स्वागतको क्रममा अल्भोराडा दरबारमा भारत र ब्राजिलको राष्ट्रिय गान बजाइएको थियो ।
Copyright © 2024 | All rights reserved.