0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले ८० वर्ष भन्दा माथिका ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुने ज्येष्ठ नागरिकमा ८० देखि ९८ वर्षसम्मका छन् ।
पोखरा-८ मा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकलाई दोसल्ला, न्यानो कपडा र प्रमाणपत्र र खानेकुरासहित सम्मान गरिएको हो ।
वडाध्यक्ष रुद्रनाथ बरालले अभिभावकलाई हार्दिकतापूर्वक सम्मान गरिएको बताए । उनले भने, ‘यो सम्मान हो, माया हो, यसलाई सानो ठान्नु हुने छैन, हामीले तपार्इँहरुका लागि अझै धेरै गर्न बाँकी छ ।’
‘आगामी दिनमा पनि हजुरहरूको दैनिकी राम्रो बनाउनका लागि वडाले सबै किसिमका पहलकदमी सञ्चालन गर्न कुनै कसर बाँकी राख्ने छैन’, वडाध्यक्ष बरालले भने ।
अभिभावकलाई सम्मान गर्न पाउँदा आफू पनि सम्मानित भएको महसुस गरेको उनले बताए ।
ज्येष्ठ नागरिक मञ्च अध्यक्ष शिवप्रसाद चालिसेले ज्येष्ठ नागरिकको पक्षमा वडाध्यक्षले धेरै राम्रा काम गर्दै आएको बताए ।
वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वडासचिव झंकनाथ पौडेलले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.