साउन ०४, २०८२, शनिबार

रास्वपाद्वारा उपनिर्वाचनको उम्मेद्वार छनोट कार्यविधि स्वीकृत


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ ।

रास्वपाको बुधबार बसेको सचिवालय बैठकले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र प्राप्त आवेदनको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएको छ ।

साथै बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई रुपन्देही–३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको बुर्लाकोटीले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.