0
प्रतिक्रिया
तनहुँ । लियो क्लब अफ तनहुँ निर्मल अल्फाको आयोजनामा निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ ।
क्लब अध्यक्ष सुरज आलेको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले झण्डोत्ताेलन गरे ।
उक्त अवसरमा श्रेष्ठले लियो क्लब अफ तनहुँ निर्मल अल्फाले विद्यार्थीको नेतृत्व विकास र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले संस्थाले गर्दै आएको कार्यको सरसफाई झण्डोतोलन, विद्यार्थीलाई छात्रवृत्ति वितरण जस्ता कार्यक्रमको प्रशंसा गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर बस्नेत, लायन्स क्लब अफ तनहुँका सचिव अनिलकुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, लियो क्लब अफ तनहुँका संस्थापक सदस्य सुजित श्रेष्ठ, निर्वतमान अध्यक्ष आकाश खानाल तथा वर्तमान अध्यक्ष रोबिन श्रेष्ठ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाका निर्वतमान अध्यक्ष सुशिल लामगादे बिकलगायत सहभागी थिए ।
कार्यक्रम लायन्स क्लब अफ तनहुँको सहकार्यमा सम्पन्न गरिएको हो । लियो क्लब अफ तनहुँ निर्मल अल्फाले यस्ता कार्यक्रमले विद्यार्थीमा राष्ट्रिय चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.