साउन ०६, २०८२, सोमबार

नेपाल एड्भेन्चर रनिङ फेडेरेशन गण्डकीमा राजभण्डारी


clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल एड्भेन्चर रनिङ फेडेरेशन गण्डकी प्रदेशको अध्यक्षमा समेज राजभण्डारी चयन भएका छन् ।

पोखरामा बिहीबार भएको भेलाले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

कार्यसमिति उपाध्यक्षमा व्रिजेश शंकर पालिखे, महासचिवमा शिवराज सुवेदी, सचिवमा अनिता राई, कोषाध्यक्षमा चन्द्रकान्त भण्डारी छन् ।

कार्यसमिति सदस्यमा रवीन्द्र जिशी, सरस्वती नेपाली र सफल लामा छन् ।

कार्यक्रममा परिषद्का सदस्य विनय थापाले सहासिक खेलकुदका लागि अथाह सम्भावना बोकेको गण्डकी प्रदेशलाई सहासिक खेलकुदको गन्तव्य बनाउन कार्यसमितिले भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

उनले योजनावद्ध रुपमा आफ्ना कार्य अघि बढाउन आग्रह गर्दै परिषद्का नीति निर्देशनलाई समेत पालना गर्न जोड दिए ।

फेडेरेशनका केन्द्रीय कोषाध्यक्ष रिकेश योन्जनले फेडेरेशनलाई संस्थागतरुपमा बलियो बनाउन गण्डकी प्रदेशको नवगठित कार्यसमितिले उत्कृष्ट कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले आफूले संघको विकास र प्रवद्र्धनका लागि संगै बसेर सहासिक खेलकुदको अभियानमा जोडिने बताए ।

संस्थाका नवनिर्वाचित अध्यक्ष राजभण्डारीले गण्डकीको एडभेन्चर रनिङ विकासका लागि सबैको सहकार्यमा योजनावद्ध रुपमा कार्य गर्ने प्रतिबद्धता जनाए ।

Copyright © 2024 | All rights reserved.