साउन १६, २०८२, बिहीबार

गण्डकी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ । यस्तै हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

जसकाे प्रभावले गण्डकी प्रदेशकाे राजधानी पाेखरामा गएराति भारी वर्षा भएकाे थियाे । अहिले बिहान गण्डकी, कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

Copyright © 2024 | All rights reserved.