0
प्रतिक्रिया
पाेखरा । अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र लेख्दै नयाँ कर दरहरूको बारेमा जानकारी गराएकोका हुन् ।
यो कर अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली उत्पादनमा लागू हुनेछ ।
ट्रम्पले यसलाई क्यानडाको प्रतिशोधात्मक कारबाही र जारी व्यापार अवरोधहरूको प्रतिक्रियामा लिइएको कदमको रूपमा वर्णन गरेका छन् ।
यो निर्णयले दुई उत्तर अमेरिकी देशहरू बीचको दशकौं पुरानो सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्ने विश्लेषण गरिएको छ ।-एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.