साउन ०६, २०८२, सोमबार

आज कति छ सुनचाँदीको बजार भाउ ?


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । 

साथै चाँदीको प्रतितोला दुई हजार सय २० रहेको कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय र चाँदीको भाउ प्रतितोला दुई हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । 

महासंघको आह्वानमा भएको अन्दोलन बिहीबार सरकारसँग छ बुँदे सम्झौता गर्दै सकिएको छ । 

योसँगै आजदेखि सुनचाँदी पसल सञ्चालनमा आएका छन् । योसँगै महासँघले सुनचाँदीको मुल्य अपडेट शुरु गरको हो ।

सहकारसँग महासंघले गरेको सहमतिप्रति केही व्यवसायीले असन्तुष्टि जनाएका छन् । व्यवसायीले महासंघले सरकारसँग उधारो सम्झौता गरेको आरोप लगाएका छन् । उनीहरुले शतप्रतिशत नतिजाको माग गरेका छन् ।

महासंघले भने व्यवसायीलाई धैर्य हुन आग्रह गरेको छ । 

Copyright © 2024 | All rights reserved.