साउन ०३, २०८२, शुक्रबार

कांग्रेस नेता सिटौला पोखरामा, शनिबार अन्तरक्रिया हुने


clock icon 6 days, 9 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा ‘वर्तमान अवस्था र नेपाली कांग्रेसको जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रम पोखरा हुने भएका छन् । 

कार्यक्रम यही असार २८ गते शनिबार बिहान ११ बने सिर्जनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा हुने पार्टी प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’ ले जानकारी दिए । कार्यक्रमको सबै तयारी पूरा भएको उनले बताए । 

कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुँदैछन् ।

उनले मुलुक र पार्टीको वर्तमान अवस्थाबारे नेता कार्यकर्तालाई जानकारी गराउने प्रवक्ता बास्तोलाले जानकारी दिए ।

कार्यक्रमका लागि नेता सिटौला बिहीबार नै पोखरा आएका थिए । उनी शुक्रबार पर्वत पुगेका छन् ।

Copyright © 2024 | All rights reserved.