0
प्रतिक्रिया
पोखरा । थोक व्यवसायी संघ कास्कीले व्यवसायीका विभिन्न कठिनाई तथा अन्यायपूर्ण व्यवस्थाले व्यवसाय सञ्चालनमा गम्भीर समस्या परेको भन्दै पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । साथै यथाशीघ्र उचित कदम चालिदिन पनि संघले माग गरेको छ ।
संघको अगुवाईमा फेन्सी तथा रेडिमेड व्यवसायी, कपडा व्यवसायी, जुत्ता चप्पल व्यवसायी, कस्मेटिक व्यवसायी र गिफ्ट तथा खेलौना व्यवसायीले ऐक्यवद्धता जनाएका छन् ।
संघका अध्यक्ष उषा तिमिल्सिनालगायतले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीका समस्याबारे ध्यानाकर्षण गराएकी हुन् ।
ज्ञापनपत्रमा बहाल करको अन्यायपूर्ण व्यवस्था, गैरकानूनी व्यवसाय, कर छली तथा अनधिकृत कारोबार आफूहरुको मुख्य समस्या भएको संघले उल्लेख गरेको छ ।
संघले व्यवसायीलाई सटर बहाल कर नतिर्न, व्यवसायी करमात्र लिन र न्यायोजित तवरले घरधनी स्वयंले सटर बहालकर तिराउनका लागि आग्रह गरको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘बहाल करको व्यवस्थाः व्यवसायीले कर तिर्दा बहाल करसमेत माग गरिन्छ जुन घर धनिले तिर्नुपर्ने कानुनी दायित्व हो, तर व्यवहारमा व्यवसायीलाई जबरजस्ती बहाल कर तिर्न बाध्य बनाइन्छ, यस प्रकारको व्यवस्था हटाइनुपर्दछ, तसर्थ सम्बन्धित सम्पूर्ण व्यवसायीलाई सटर बहाल कर नतिर्न एवं व्यवसायी कर मात्र लिन र न्यायोजित तवरले घरधनी स्वयमले सटर बहालकर तिराउनको लागि अनुरोध गर्दछौं ।’
विना इजाजत व्यवसाय सञ्चालनले पनि व्यवसायीलाई निकै अफ्ठ्यारो परेको संघको जिकिर छ ।
‘फुटपाथ, भेन, बाइक, पोके व्यवसायी इजाजत विना सञ्चालनमा छन्, यस्ता व्यवसायीले कर नतिरी प्रत्येक व्यवसाय प्रतिष्ठानमा बाइक भेनमा डेलिभरि गर्दै कानून उल्लंघन गरी नेपाली व्यवसायलाई अप्ठ्यारो पारेका छन्’, ज्ञापनपत्रमा भनिएको छ
संघले अन्य जिल्लाबाट विना दर्ता गाडी, मोटरसाइकल, भेन, साइकलबाट पसल पसलमा सामान ल्याई दररेट बिगारेर सामान विक्री गर्ने, घुमन्ते गाडी, बाइक, साईकल, ठेला, पोके व्यापारीलाई आन्तरिक राजश्व कार्यालयसँग समन्वय गरी साथै ३३ वटै वडामा पत्रद्वारा करको दायरामा ल्याई नियन्त्रण गरिदिनुहुन आग्रह गरेको छ ।
नेपालीहरुको पर्व नजिकिँदै गरेको अवस्थामा पार्किङ्ग व्यवस्थित गर्दै पैदलयात्रीलाई सहजयात्रा गर्न, ग्राहकलाई सामान खरिद गर्नको निम्ति बाटोको पेटीमा व्यवसायी गर्दै आएका व्यवसायीलाई हटाएर सहजीकरण गरिदिन समेत संघले महानगरको ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र बुझ्दै महानगरकी उपप्रमुख गुरुङ व्यवसायीको मागहरु निकै जायज भएको भन्दै माग पूरा गराउन आफू लाग्ने प्रतिवद्धता जनाइन् ।
यस्तो छ संघको ज्ञापनपत्र
Copyright © 2024 | All rights reserved.