साउन १६, २०८२, बिहीबार

गण्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । आइतबार भानु जयन्ती परेकाले प्रदेश सरकारले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

बिदासम्बन्धी निर्णय २०८२ चैत १२ गते सम्पन्न प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गरेको हो । 

निर्णय अनुसार आइतबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालद्वारा जारी सूचनामा उल्लेख छ । 

आइतबार नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ । 

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए ।

भानुभक्तको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा भएको थियो । उनको निधन विसं १९२५ असोजमा भएको थियो । 

यस्ताे छ सूचना


 

Copyright © 2024 | All rights reserved.