साउन १७, २०८२, शुक्रबार

त्रिवेणी इन्टरनेशनल कलेजमा विद्यार्थी बिदाई


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थित त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिद्वारा बीबीएस चौथो बर्षका विद्यार्थी कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले अध्ययन प्रमाणपत्रका लागि मात्र नभएर जीवनपयोगी हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष थापाले १२ कक्षाको अध्ययन सकिएलगतै विद्यार्थीको पहिलो रोजाई विदेशमा हुने गरेको भन्दै विश्वविद्यालय रित्तिने अवस्था आएको उल्लेख गरे ।

वडा कार्यालयमा दैनिक चार, पाँचजना विदेश अध्ययनको कागजात बनाउन आउने भन्दै थापाले भने, ‘शिक्षा नीतिमा कमजोरी हो कि नेपालमा सम्भावना छैन भन्ने विद्यार्थीलाई लागेको हो बुझ्न सकिएन ।’

लेखनाथमै निजी क्षेत्रले सञ्चालन गरेको कलेजले सर्वसुलभ तरिकाले शिक्षा दिएको उल्लेख गर्दै अध्यक्ष थापाले गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

अध्यक्ष थापाले स्थानीय सरकारको रुपमा रहेको वडाले आगामी आर्थिक वर्षमा शिक्षा र सीपको समन्वय हुने गरी कार्यक्रम समेटिएको उल्लेख गरे ।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदीन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराई, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराज पौडेल, प्राध्यापक जीवन भण्डारी, विद्यार्थी सर्वेन्द्र न्यौपानेलगायतले बोलेका थिए ।

कार्यक्रममा कलेजले विभिन्न बर्षमा उत्कृष्ट अंक ल्याउने र स्पोर्टमिटमा विभिन्न विधामा विजयी विद्यार्थीलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

कलेजमा व्यवस्थापन बिषयमा स्नातक र स्नाकोत्तरमा गरी झण्डै छ सय विद्यार्थी अध्ययनरत छन् । बीबीएस चौथो बर्षको अध्ययन सकाएका विद्यार्थीलाई त्यस अवसरमा बिदाई गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.