0
प्रतिक्रिया
पोखरा । नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।
नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६-१ को फराकिलो जित निकालेको छ । नेपालका लागि पूर्णिमा राईले ४ गोल गरेकी थिइन् भने सेनु परियारले २ गोल गरेकी थिइन् ।
प्रतियोगिता जुलाई २२ सम्म बंगलादेशमा हुँदैछ । यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् ।
यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ ।
हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुनेछ ।
यस प्रतियोगितामा नेपालले अब जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् ।
त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।
Copyright © 2024 | All rights reserved.