0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २५ स्थित मानव सेवा आश्रममा समाजसेवी सुजन गुरुङले आर्थिक सहयोग गरेका छन् ।
पोखरा-१३ निवासी सुजनले आफ्ना छोरा संस्कारको सातौँ जन्मदिनको अवसर पारेर आश्रममा उक्त सहयोग गरेका हुन् ।
आश्रममा आश्रित एक सय ७० जनाका लागि दिवा खाजा स्वरुप सुजनले २० हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको आश्रमले जनाएको छ ।
सो अवसरमा सहयोगदाता सुजनले मानव सेवा आश्रमले साच्चिकै मानव सेवा गरेको भन्दै सहयोगलाई निरन्तरता दिनुका साथै अन्य संघसंस्थामा पनि पहल गर्ने प्रतिवद्धता जनाए ।
उनको सहयोगप्रति आश्रमले आभार व्यक्त गरेको छ ।
Copyright © 2024 | All rights reserved.