साउन १६, २०८२, बिहीबार

स्याङ्जाका मियाँद्वारा एनआरएनएको सहकोषाध्यक्षमा उम्मेद्वारी घोषणा


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

स्याङ्जा । स्याङ्जा वालिङका युवा नासिर मियाँ गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि क्षेत्रीय सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

जापानमा रहेका नेपाली हुन् वा नेपालमा कुनै समस्या पर्दा सेवाभावका साथ सहयोगीको रुपमा जुटेका मियाँ लोकप्रिय युवाका रुपमा परिचित छन् ।

हरेक समस्यामा सारथि बन्दै आएका मियाँ आगामी कार्यकाल (२०२५-२०२७) का लागि क्षेत्रीय सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । उनले सन् २०२३-२०२५ को कार्यकालमा जापानको गुन्मा क्षेत्रीय समितिको संयोजकको रूपमा सफल नेतृत्व प्रदान गरेका थिए । 

संयोजक पदमा रहँदा मियाले जापानको गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्य सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

विशेषगरी मियाँकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको र जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको मियाँका समर्थकको भनाइ छ । 

मियाँले गैर आवसीय नेपाली संघलाई अझै पारदर्शी, उत्तरदायी र क्षेत्रीय समिति अनुकुल बनाउने उद्देश्य रहेको बताए । 

सहकोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थामा पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर हुने मियाँले बताए ।

जापानको गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा मियाँको छ ।

विदेशी भूमिका रहेर पनि नेपाल र नेपालीको समस्याप्रति आवाज उठाउँदै आएका मियाँलाई गैर आवसीय नेपाली संघको नेतृत्व तहसम्म पुर्‍याउन सबैले सहयोग गर्न स्याङ्जावासीले आग्रह गरेका छन् । 

Copyright © 2024 | All rights reserved.