0
प्रतिक्रिया
पोखरा । पोखरा महानगर बाल मञ्चको अध्यक्षमा प्रशुन्न अधिकारी चयन भएका छन् ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगर बाल भेला तथा मेयरसँग बालबालिका कार्यक्रमअन्तर्गत बाल मञ्च गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा आयुष्मा अधिकारी, सचिवमा दीक्षान्त रानाभाट, सहसचिवमा अञ्जली अधिकारी र कोषाध्यक्षमा सक्षम विक छन् ।
मञ्चको कार्यसमिति सदस्यमा समीक्षा सुवेदी, ऋदिमा थापा, किसान क्षेत्री, कृपन बास्तोला छन् र
कार्यक्रममा नगर प्रमुख मेयर धनराज आचार्यले बालमैत्री नीति तथा कार्यक्रम बनाउन ध्यान दिने बताए ।
कार्यक्रममा महानगरका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्मा, स्वास्थ्य महाशाखाका निर्देशक भरत पौडेल लगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.