0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ को नयाँ वडा कार्यालय भवन बन्ने भएका छ ।
करिब चार करोड ६० लाखको लागतमा बन्ने भवनको आइतबार शिलन्यास गरिएको छ ।
एक कार्यक्रमका बीच वडाध्यक्ष रामचन्द्र अधिकारीले भवनको शिलान्यास गरेका हुन् ।
उक्त भवन साढे तीन तलाको भवन करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
गत वर्ष नै पोखरा महानगरपालिकाले छुट्याएको बजेटबाट सो भवन बनाउन लागिएको हो ।
हाल भइरहेको वडा कार्यालय भवन अत्यन्त सानो र सेवाग्राहीलाई सेवा दिन निकै कठिनाई भएकाले नयाँ भवनको अवश्यकता परेको वडाध्यक्ष अधिकारीले बताए
नयाँ वडा कार्यालय भवनबाट डिजिटल सेवा दिने बताइएको छ ।
वडा नं ३३ को कालिकास्थान चोकमा हेको करिब साढे तीन रोपनी क्षेत्रफलमा वडा कार्यालय भवन बनाउन लागिएको हो ।
Copyright © 2024 | All rights reserved.