साउन ०३, २०८२, शुक्रबार

पोखराका कवि एवं शिक्षासेवी शालिग्राम आचार्य सम्मानित


clock icon 4 days, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भानु जयन्तीको अवसरमा पोखराका कवि एवं शिक्षासेवी शालिग्राम आचार्य सम्मानित भएका छन् । आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा. सीपी आचार्य, समाजका सल्लाहकार छविलाल आचार्य र केन्द्रीय अध्यक्ष बलराम आचार्यले शालिग्रामलाई सम्मान गरेका थिए ।

कार्यक्रममा डा आचार्यले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै साहित्य र श्रष्टाको विकासमा समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सम्मानित साहित्यकार शालिग्राम आचार्यले जीवनको लामो समय साहित्य रचनामा नै लागेको स्मरण गर्दै नेपाली भाषा र साहित्यको उन्नयनमा सबैको ध्यान जानुपर्ने बताए । 

अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष एवं कवि छविलाल आचार्यलगायतले भानु विशेष कविता वाचन गरेका थिए । 

समाजका महासचिव नारायण प्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । यसअघि सहभागीले आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए।

Copyright © 2024 | All rights reserved.