साउन १६, २०८२, बिहीबार

संसदीय पत्रकार मञ्चकाे अध्यक्षमा क्षेत्री निर्वाचित


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विसन क्षेत्री निर्वाचित भएका छन् ।

आइतबार पोखरामा सम्पन्न मञ्चको छैटौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा अनुप पौडेल, सचिवमा युनिश गुरूङ, सहसचिवमा उमा आले र कोषाध्यक्षमा ऋषिराम बराल निर्वाचित भए ।

यस्तै कार्यसमिति सदस्यमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल छन् । मंचमा ३६ जना सदस्य छन् ।

मञ्चका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.