साउन ०५, २०८२, आइतबार

यू-२० महिला साफ: नेपाल बंगलादेशसँग पराजित


clock icon 5 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग पराजित भएको छ  ।

आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले खेलमा कमब्याक गर्दै २-२ को बराबरी गरेको थियो । तर बंगलादेशले खेलको इन्जुरीसमयको अन्तिम समयमा गोल गर्दै नेपाललाई पराजित गरेको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो । 

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ ।

हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

Copyright © 2024 | All rights reserved.