0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । आज सोमबार सुन तोलामा चार सय र चाँदी तोलामा ३० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको बजार भाउ प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँ रहेको थियो । आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आइतबार असली चाँदीको बजार प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँ रहेकामा आज बढेर दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ ।
आज पोखरा बजारमा चाँदी प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.