साउन ०३, २०८२, शुक्रबार

मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन


clock icon 3 days, 15 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन् । 

घुस प्रकरणमा अडियो सार्बजनिक भएपछि प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएका थिए ।

मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ ।

यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको हो ।
 

Copyright © 2024 | All rights reserved.