असार ३१, २०८२, मंगलबार

घरमा ड्रिल गर्नेक्रममा करेन्ट लागेर सरोजको मृत्यु


clock icon 10 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नवलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा गाउँपालिका वडा नं २ घर भई हाल कावासोती बस्ने ३५ वर्षीय सरोज थारु छन् ।

कावासोती नगरपालिका वडा नं ३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा ड्रिल गर्दा सरोजलाई करेन्ट लागेको थियो ।

घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी नेपालले बताए । 

Copyright © 2024 | All rights reserved.