असार ३१, २०८२, मंगलबार

जनप्रिय ‘दर्पण’ र ‘जनप्राज्ञ मञ्च’ को विमोचन


clock icon 10 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थीका सिर्जनात्मक लेख, रचना तथा अन्य विविध सामग्री समेटिएको पहिलो प्रकाशन जनप्रिय दर्पण र पब्लिक क्याम्पस प्राध्यापक जनप्रिय क्याम्पस एकाइको सत्रौँ अनुसन्धानमूलक प्रकाशन जनप्राज्ञ मञ्च नामक दुई महत्वपूर्ण कृति विमोचन गरिएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले जनप्रिय दर्पण क्याम्पसमा अध्ययनरत विद्यार्थीका सिर्जनात्मक लेख, रचना तथा क्याम्पससम्बन्धी महत्वपूर्ण सामग्री समेटेर प्रकाशित गरिएको उल्लेखनीय उपलब्धि भएको बताए ।

उनले यस प्रकाशनले विद्यार्थीको लेखन सीप अभिवृद्धिमा कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गरे । उनले जनप्राज्ञ मञ्च प्राध्यापकको अनुसन्धानमूलक लेख समावेश भएकाले यसले उनीहरूको ज्ञान, योग्यता र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले दुवै प्रकाशनको निरन्तरता र सफलताको कामना पनि गरे ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय दर्पण र जनप्राज्ञ मञ्च क्याम्पसको इतिहासमा महत्वपूर्ण कृतिका रूपमा प्रकाशित भएको बताए ।

उनले जनप्रिय दर्पणले समग्र क्याम्पसको जानकारी र विद्यार्थीका रचना समेटेर उनीहरूको लेखन क्षमता विकासमा सहयोग पुग्ने बताए भने जनप्राज्ञ मञ्चले प्राध्यापकको क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने धारणा राखे ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बरालले दर्पण र जनप्राज्ञ मञ्च महत्वपूर्ण उपलब्धि भएको स्पष्ट पारे ।

सञ्चालक समितिका सदस्य एवं पूर्व कार्यबाहक अध्यक्ष परशुराम बरालले यी दुई प्रकाशनले क्याम्पसको गरिमा बढाउनुका साथै विद्यार्थी र प्राध्यापकको क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापा मगले जनप्राज्ञ मञ्च र दर्पण दुवै प्राध्यापक र विद्यार्थीका लागि उपयोगी लेखन सामग्री भएको बताए ।

दर्पण प्रकाशन समिति संयोजक तथा विद्यार्थी शाखा प्रमुख वेदहरि तिमिल्सिनाको अध्यक्षतामा भएकाे कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष गणेशबहादुर अधिकारी, सदस्य रामप्रसाद बस्ताकोटी, देवीप्रसाद बस्ताकोटी, शोभामोहन पौडेल, पुष्पराज सिग्देल, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, कर्मचारी संघ अध्यक्ष देवी पनेरु, उपप्रशासक निमराज पौडेल, एकनारायण अर्याललगायत सहभागी थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन उपप्राध्यापक दीननाथ लामिछानेले र सञ्चालन दर्पण प्रकाशन समिति सदस्य उपप्राध्यापक टंकराज बरालले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.