असार ३१, २०८२, मंगलबार

खाष्टे, न्यूरेनी र गुदेताल ताल संरक्षणका लागि समिति गठन


clock icon 9 hours, 40 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थित तीन वटा तालको संरक्षणका लागि समिति गठन गरिएको छ ।

तालका सम्बन्धमाा आगामी दिनमा गर्न सकिने विकास निर्माणका काममा सहयोग पुग्ने उद्देश्यले ताल संरक्षण समिति गठन गरिएको हो ।  

समितिमा पोखरा-२६ को वडा कार्यालय संरक्षक रहनेछ । खाष्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिको अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी र गुदेताल वातावरण संरक्षण समितिको अध्यक्षमा वामदेव ढुगाना चयन भएका छन् ।

दुवै समितिका अध्यक्ष पूर्व शिक्षक र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । आगामी दिनमा तालको संरक्षण र तालको माध्यमबाट यस क्षेत्रमा पर्यटन प्रवर्द्धनकामा महत्वपूर्ण काम हुने विश्वास लिइएको छ ।

खाष्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिको उपाध्यक्षमा ईन्दु पौडेल लामिछाने, सचिवमा ई.सञ्जयराज तिमिल्सेना र कोषाध्यक्षमा नवराज बराल छन् ।

यस्तै कार्यसमिति सदस्यमा रामबाबु बस्ताकोटी, ईश्वराज भण्डारी, रेवतीरमण लामिछाने, शान्ति पौडेल, राज गुरुङ र गोविन्द विक छन् । 

यस्तै, गुदेताल वातावरण संरक्षण समिति उपाध्यक्षमा बद्रीप्रसाद बराल, सचिवमा शर्मिला सुनार, कोषाध्यक्षमा दिपीेन्द्र भण्डारी छन् । साथै कार्यसमिति सदस्यमा बद्रीनाथ भण्डारी, सूर्य परियार, प्रविन रानाभाट, बालकृष्ण गौतम, सीता ढुंगाना, सरोज विक र युवराज गुरुङ छन् । 

वडाअध्यक्ष नरेन्द्र थापा र खाष्टे न्युरेनी मत्स्य पालन सहकारी सस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद अधिकारीले दुवै समितिका पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरेका थिए ।

समितिले सोमबारदेखि नै तालमा माछा मार्ने र तालको सौन्दर्यमा असर पुग्ने खालका कुनै पनि काम तथा गतिविधि गर्न पूर्णरुपमा रोक लगाउँदै रखेदेखमा सहयोग गर्न आग्रह गरेको छ । 

Copyright © 2024 | All rights reserved.