0
प्रतिक्रिया
पोखरा । मन्जुश्री फाइनान्स लिमिटेड पोखरा शाखाले अमोर सेवा नेपाल बालगृहलाई भौतिक सामग्री तथा खाद्यान्न सहयोग गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित कार्यक्रमलाई निरन्तरता दिँदै फाइनान्सले यस पटक अमोर सेवा नेपाल बालगृहलाई सहयोग गरेको हो ।
समाजमा सहयोगको भावना फैलाउँदै मानवता र समान अवसरको विकास गर्न सहयोग गरिएको फाइनान्सले जनाएकाे छ । अमोर सेवा नेपालसँग सहकार्य गर्नु जिम्मेवारीमात्र नभई गर्वको विषय भएको फाइनान्सले जनाएको छ ।
फाइनान्स पोखरा शाखा प्रबन्धक शर्मिला श्रेष्ठको उपस्थितिमा बालगृहलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा शाखा प्रवन्धक श्रेष्ठले समाजप्रति उत्तरदायी वित्तीय संस्था हुनको नाताले गरिब, विपन्न र आश्रित वर्गप्रति सधैं समवेदना राख्नुपर्छ भन्ने विश्वास लिएको बताइन् ।
अमोर सेवा नेपाल जस्तो संस्थासँग सहकार्य गर्न पाउनु सबैका लागि साँचो अर्थमा प्रेरणादायी अवसर भएको उनले स्पष्ट पारिन्।
बालगृहका संस्थापक तथा प्रमुख कमला पराजुली फाइनान्सको सहयोगप्रति आभार व्यक्त गरिन् ।
उनले भनिन्, “सामाजिक सेवामा लाग्दा यस्ता संस्थाहरूको साथ र समर्थनले अझ ऊर्जा मिल्दछ, बालबालिकाको शिक्षादीक्षा, पालनपोषण र भविष्य निर्माणमा यस्ता सहयोग अमूल्य हुन्छन्, हामी मनजुश्री फाइनान्सप्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं ।”
कार्यक्रमले संस्थाबीचको सहकार्य, सेवा र सामाजिक परिवर्तनप्रतिको साझा दृष्टिकोणलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
फाइनान्सले आगामी दिनमा पनि यस्ता सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिँदै देशभरका शाखाबाट जिम्मेवार वित्तीय सेवा मात्र नभई सामाजिक न्यायको पक्षमा समेत सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
Copyright © 2024 | All rights reserved.