साउन ०१, २०८२, बुधबार

सवारी चालक अनुमति पत्र कास्कीका पौडेल घुसहित पक्राउ


clock icon 11 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल सात हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्यालय सहयोगी पौडेलले सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरीदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।-एभरेष्ट न्यूज एजेन्सी

Copyright © 2024 | All rights reserved.