0
प्रतिक्रिया
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्यमा प्रदेश सरकारले मनोनयन गरेको छ ।
करिब तीन महिनादेखि रिक्त सदस्य पदमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा गण्डकी प्रदेश सरकारले मनोनयन गरेको हो ।
सदस्य पदमा मनोनयन भएका ९० प्रतिशत भन्दा बढी कास्कीका छन् ।
सामाजिक विकास यूवा तथा खेलकुद मन्त्री एवं परिषदका अध्यक्ष मन्त्री विन्दुकुमार थापाको उपस्थितिमा सदस्यसचिव श्रीधर शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार रिक्त सदस्य पदमा मनोनयन गरिएको परिषदका सदस्यसचिव शर्माले जानकारी दिए ।
जसमा गण्डकी प्रदेश भलिबल संघबाट भिम पराजुली, गण्डकी प्रदेश फुटबल संघबाट अनिषा तुलाचन र हाप्कीडो प्रदेश संघबाट खिम पुन मगर मनोनयन भए ।
अन्य सदस्यमा भेनिश थापा, पुरुष, कृष्णबहादुर थापा, केशमाया गुरुङ, ईन्द्राकुमारी मल्ल, रवीन्द्रबहादुर प्रजु, संगीता सुवेदी, दिलबहादुर गुरुङ, कञ्चन थापा कोइराला, सीताकुमारी गुरुङ, सागर गुरुङ, विजयकुमार आले मगर, र रेखमाया गुरुङ छन् ।
दोस्रो कार्यकालका लागि नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्षसमेत रहेका टेबुल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दिलबहादुर गुरूङ दोहोरिएका छन् ।
Copyright © 2024 | All rights reserved.