0
प्रतिक्रिया
पोखरा । एम्नेष्टी इन्टरनेशनल नेपाल अन्नपूर्ण समूह ५४ पोखरा कास्कीको संयोजकमा विष्णुहरि पंथी चयन भएका छन् ।
संस्थामा २४औँ साधारणसभा तथा १२औँ अधिवेशनले पंथीलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो ।
संस्थाको सह-संयोजकमा मीनाकुमारी रानाभाट, सचिवमा ज्योती हमाल, सह-सचिवमा अनिरुद्र बराल, कोषाध्यक्षमा सुशिल केसी चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा अश्विन कार्की, अजय थापा, विश्वकुमार विजुक्छे, रञ्जित तिमिल्सिना, मनहरि भण्डारी र नवीन श्रेष्ठ छन्।
नवीनराज बराल संयोजक, अनन्तप्रसाद कोइराला र भानुभक्त पराजुली सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
Copyright © 2024 | All rights reserved.