साउन ०५, २०८२, आइतबार

आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


clock icon 3 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदीको तोलामा १५ रुपैयाँ घटेको हो । 

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुनको भाउ सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँ रहेकोमा मंगलबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भएको थियो । 

आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यता, मंगलबार प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर प्रतितोला दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

पोखरामा आज चाँदीको भाउ प्रतितोला दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ । 
 

Copyright © 2024 | All rights reserved.