साउन ०३, २०८२, शुक्रबार

मन्त्री न्यौपानेको शपथ आज


clock icon 1 day, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज हुने भएको छ ।

मंगलबार मन्त्री नियुक्त भएकी न्यौपानेको आज दिउँसो राष्ट्रपति कार्यालयमा शपथ हुने भएको हो । 

निवर्तमान मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।

राष्ट्रियसभाकी सांसद रहेकी तनहुँकी न्यौपाने पहिलो पटक मन्त्री बनेकी छन् ।

उनले आजै पदभार ग्रहण गर्ने जनाईएको छ ।

राष्ट्रियसभा सांसदको रुपमा न्यौपानेको कार्यकाल आगामी फागुनसम्ममात्रै रहेको छ ।

Copyright © 2024 | All rights reserved.